बन्दीपुर अस्पताललाई तनहुँ उद्योग वाणिज्य संघको अक्सिजन सिलिण्डर सहयोग

  • ख-
  • ख+

बन्दीपुरः तनहुँ उद्योग वाणिज्य संघले बन्दीपुर अस्पताललाई तीन थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


संघले शुरु गरेको कोभिड संकट ब्यबस्थापन महाअभियान २०७८ अन्तर्गत मंगलबार बन्दिपुर गाउँ पालिकाका उपाध्यक्ष करुणा गुरुङ र बन्दीपुर अस्पतालका डाक्टर बिमल दवाडीको उपस्तिथिमा ती सामग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा संघका पदाधिकारी तथा बन्दीपुर बजार एकाई पदाधिकारी समेत उपस्थित थिए ।

यसैगरी, संघले भानुको पुरनडिही अस्पताललाई पनि तीन थान अक्स्जिन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । नगरपालिकाका वरिठ अधिकृत सुनिल पाण्डे तथा नगर स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईसँगै संघका पदाधिकारी उपस्थित थिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी