पृथ्वी राजमार्गको केन्द्र विवादः कालिका टोलवासीले आफैं सीमांकन गरे

  • ख-
  • ख+

दमौलीः सडकको विस्तार अभियानका क्रममा कर्मचारी नापजाँचका लागि आउँदा केन्द्रबिन्दुबारे विवाद भए पछि व्यास २ कालिका टोलवासीले आफैं सडकको सीमांकन थालेका छन् ।


चिनियाँ ठेकेदारका कर्मचारीले २५ मिटर मापदण्डका लागि भन्दै सडकको नापजाँच थालेका बेला कालिका टोलवासीले भने व्यास नगरपालिका कार्यालयले दिएको ७५ फुटमा घर पासको प्रमाण लिएर वडा कार्यालयमा जाने निर्णय गरिएको वडावासी एवं तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका कोषाध्यक्ष किनकुमार श्रेष्ठले जानकारी दिए ।

पृथ्वी राजमार्गको उत्तर र दक्षिणका बासिन्दाबीच लामो समयदेखि सडकको मध्यबिन्दुका विषयमा विवाद छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी