रेडक्रस दुम्सीकोटको अभियानमा साढे ३ लाख संकलन

  • ख-
  • ख+

दमौलीः रेडक्रस दुम्सीकोटको एम्बुलेन्स अभियानमा हालसम्म तीन लाख ६२ हजार बढी आर्थिक संकलन भएको छ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ नाराका साथ नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले नेपाल रेडक्रस दिवस भाद्र १९ गतेबाट सञ्चालन गरेको अभियानमा उपशाखाका संस्थापक सभापति स्वर्गीय शंकर गिरीको परिवारको तर्फबाट रु ६० हजार सहयोग मिलेको सभापति रामदत्त पौडेलले जानकारी दिए ।

सो रकममध्ये स्वर्गीय गिरीकी छोरी काठमाडौँ निवासी पाथिभारा म्यानपावरकी संचालिका अन्जु क्षेत्रीले ५० हजार तथा स्वर्गीय गिरी पत्नी रुक्मिणीबाट १० हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।
अभियानमा सभापति पौडेल र पत्नी मनु, व्यास १० वडाध्यक्ष तुलसीराम सापकोटा अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलसहित धेरै क्षेत्रका व्यक्तिहरुबाट उल्लेख्य मात्रामा अर्थ संकलन भएको समितिका संयोजक ईश्वर पौडेलले बताए ।

सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै सबैलाई खुला दिलले सहयोग गर्न उपशाखाका सभापति रामदत्त पौडेलले अपिल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्