हिंड्न नसक्ने दृष्टिविहिन वृद्धाको उपचारलाई जेसिजको यातायात सेवा

  • ख-
  • ख+

दमौलीः जेसिआई व्यास नगरद्वारा सञ्चालित निःशुल्क यातायात सेवाले साधन अभावमा आँखाको उपचार गराउन नपाएकी एक वृद्धालाई सघाएको छ ।


भानु ५ को मैबलकी हिंड्न समेत नसक्ने ६० वर्षिया बिबामाया सुनारलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको छ ।

साधन अभावमा उपचारका लागि आउन नसकेको खबर पाए पछि साधन लिएर लिन गएको र उपचार पश्चात घर पठाइएको जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए ।


यसैगरी, क्लबले तीन दिनकी सुत्केरी मनिषा बरालीलाई ऋषिङ १ कोईदिमस्थित घरमा समेत पु¥याएको अध्यक्ष खनालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी