मोहनकाजीको पहलमा बतास फाउण्डेसनद्वारा दमौली अस्पताललाई १० थान अक्सिजन उत्पादन मेशिन सहयोग

  • ख-
  • ख+

दमौलीः बतास फाउण्डेसनले दमौली अस्पताललाई १० थान अक्सिजन उत्पादन मेसिन (अक्सिजन कन्सन्ट्रेटर) सहयोग गरेको छ । फाउण्डेसनका तर्फबाट बतास परिवारका सदस्य मोहनकाजी बतासले दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेललाई सहयोग हस्तान्तरण गरे ।


करिब २० लाख रुपैयाँ मूल्य बराबरको मेसिन पाए पछि अब अस्पतालका बिरामीले तत्काल उत्पादित अक्सिजन उपभोग गर्न पाउनेछन् । अस्पतालमा कोरोना संक्रमितको उपचार भैरहेकाले फाउण्डेसनका तर्फबाट सहयोग गरिएको बतासले बताए ।


अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पौडेलले मेसिनले मध्यमखालका बिरामीलाई ताजा अक्सिजन दिने भन्दै यसले उपचारमा सहजता आएको भन्दै आभार प्रकट गरे । यसले बिरामीहरुका लागि अक्सिजन अभाव कम हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा माधव नेपाल पक्षीय नेकपा एमालेका जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठको पनि उपस्थिती थियो । श्रेष्ठबाट अस्पतालबारे थाहा पाए पछि सहयोग गरेको बतासले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्