उज्यालो ज्योति बनेर अस्ताए उज्जवल

  • ख-
  • ख+

काठमाडौं ः राजनीतिमा परिवर्तनका लागि भन्दै थालेको संघर्षमा अग्रपंक्तिमा रहे पनि कोभिडविरुद्धको लामो संघर्षमा पराजित हुँदै विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापा बिलाएका छन् ।

पार्टी नेता मिलन पाण्डेका अनुसार थापाको उपचारका क्रममा राजधानीमा निधन भएको हो । भेन्टिलेटरमा राखेर उपचार भैरहेको थापाको निधन भएको भन्दै केही अनलाईनले दिउँसै देखि समाचार लेख्न थालेका थिए ।


तर पार्टी नेता पाण्डेले सामाजिक सञ्जलमा पोष्ट गरे पछि उनको निधनको पुष्टि भएको थियो ।
४४ वर्षीय थापा विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी र सामाजिक उत्प्रेरक पनि हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी