अस्पतालका बिरामीलाई ‘सुपर मम’को खाजा

  • ख-
  • ख+

दमौली: दमौलीका आमाहरुको समूह ‘सुपर मम’ले दमौली अस्पतालका बिरामीका लागि भन्दै नौ हजार रुपैयाँ सहयोग गरेको छ ।


समूहका सदस्यहरु रस्मिला ताम्राकार, पिया सोना श्रेष्ठ, नबिना श्रेष्ठ, सीता श्रेष्ठ, गोमा श्रेष्ठ, सन्ध्या चुके बतास, सुमित्रा प्रधान श्रेष्ठ मन्जु पिया श्रेष्ठ र सरिता श्रेष्ठले सहयोग गरेका हुन् ।


आफ्ना दिवंगत पितासहितका परिवारका सदस्यको स्मृतिमा सरिता श्रेष्ठको सक्रियतामा अस्पतालमा उपचाररत कोभिड संक्रमित तथा अन्य बिरामीका लागि नियमित खाजा उपलब्ध भैरहेको छ । यसै अभियानमा ‘सुपर मम’ले पनि सघाएको श्रेष्ठले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी