दमौलीमा इन्टरनेट जानुको यस्तो छ कारण

  • ख-
  • ख+

दमौलीः रकम बक्यौता पनि नतिरेको र तार व्यवस्थापन पनि नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणले दमौली सफासडकमा केबल तार काटिदिंदा कतिपय क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको छ ।

केही दिन अघि आगलागी भएको क्षेत्रमा नेपाल टेलिकम, वल्र्डलिंक लगायतका सेवाप्रदायकले नयाँ तार जडान गरेकै बेला प्राधिकरणले तार काटिदिएको हो । प्राधिकरण प्रमुख कपिलराज पाण्डे आफैं तार काट्न हिंडेपछि इन्टरनेट सेवाप्रदायकले प्रतिवाद गरेका थिए ।

उनले कतिपय इन्टरनेट प्रदायक सम्झौता गर्न पनि नआएको र नवीकरण समेत नगरेको बताए । ‘कतिपयले नचाहिने तारसमेत पोलमा छाड्दा दुर्घटना भैरह्यो,’ उनले भने,‘त्यसैले तार काटिएको हो ।’

तर व्यास नगर केबल नेटवर्कका अध्यक्ष शंकरनारायण श्रेष्ठले सबैलाई एकै दृष्टिले हेर्न नहुने बताए । ‘हामीले बक्यौता तिरिरहेका छौं,’ उनले भने,‘बढी तार पनि पोलमा छाडेका छैनौं । सबैलाई एकै दृष्टिले हेरियो ।’


उनले तारको भाडाको विषय भने राष्ट्रिय मुद्दा नै भएको उनको भनाई थियो । उनले आगलागी जोखिम घटाउन तार व्यवस्थापन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको तर सेवा नै रोक्ने मनसायले अवरोध गरिनु गलत भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी