मृगौला फेल भएकी सदस्यलाई छाब्दी बाराहीको सवा लाख सहयोग

  • ख-
  • ख+

दमौलीः छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्था व्यास १ ले मृगौला फेल भएर उपचाररत शेयर सदस्य आशमाया तामाङलाई एक लाख ३३ हजार रुपैयाँ उपचारका लागि सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम गर्दै सहकारीका सञ्चालक समिति अध्यक्ष ठाकुरबहादुर दरैले पदाधिकारीको उपस्थितीमा नाताले छोरा पर्ने सन्त तामाङलाई रकम हस्तान्तरण गरेको सचिव सनम तामाङले जानकारी दिए ।

मृगौला फेल भएर हाल राजधानीमा उपचाररत तामाङको धेरै खर्च भएको भन्दै सघाउनका लागि विभिन्न सुभेच्छुक संस्थाहरु सक्रिय देखिएका छन् । केही दिन अघि मात्र व्यास १ हाईस्कूलटारको नवयुवा क्लबले पनि उनको उपचारमा आर्थिक सहयोग गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी