जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहित ४ निष्कासित

  • ख-
  • ख+

काठमाडौंः जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले चारजना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
निष्कासित हुनेमा पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

ललितपुर बालकुमारीस्थित पार्टी कार्यालय मंगलबार सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको बताइएको छ ।
निर्वाचन आयोगलाई पनि यसबारे पत्राचार गरिएको श्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी