प्रधानन्यायाधीशद्वारा संवैधानिक इजलास विघटन, आगामी साता अर्को इजलास

  • ख-
  • ख+

काठमाडौं ः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास विघटन गरेका छन् । २३ जेठमा वरिष्ठताका आधारमा अर्को इजलास गठन हुने जानकारी उनले आजको इजलासमा दिएका छन् ।

संवैधानिक इजलासमा संसद विघटनको मुद्दा हेरिरहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने बताएपछि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कार्कीले इजलासमा नबस्ने निर्णय गरेका छन् ।

सोही कारण इजलास नै विघटन गरिएको हो । मंगलबार नै वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश सहमत भएका थिए ।

प्रधानन्यायाधीश राणाले जेठ १४ गते प्रधानन्यायाधीश राणाले आफूसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका थिए ।

रिट निवेदकतर्फका वकिलले न्यायाधीश केसी र श्रेष्ठ इजलासमा बस्न नमिल्ने कुरा उठाएपछि संवैधानिक इजलास विवादमा परेको काठमाण्डौं प्रेसमा खबर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी