दमौलीका निजी अस्पतालको अनुगमनमा प्रशासनले के पायो कमजोरी ?

  • ख-
  • ख+

दमौलीः पीसीआर परीक्षणमा बढी शुल्क लिएको गुनासो आएको भन्दै तनहुँ प्रशासनले दमौलीका निजी अस्पतालको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा स्वास्थ्यकर्मी, प्रहरी, घरेलु कर्मचारी तथा सञ्चारकर्मीसमेत सम्मिलित टोलीले अस्पतालको अनुगमन गरेको हो ।


दमौलीको सिटी, समाधान, अपोलो तथा रत्नहरि गरी चार अस्पतालको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । ‘पीसीआरमा सरकारले तोके भन्दा बढी शुल्क लिएको गुनासोका आधारमा अनुगमन गरेर कागजातको परीक्षण गरेका छौं,’ उनले भने,‘नतिजा के आयो अहिल्यै भन्न मिल्दैन ।’


दमौलीसँगै तनहुँका अन्य भागका निजी अस्पतालसमेतको निरीक्षण गरेपछि आवश्यक निक्र्यौल निकालिने उनले बताए । निरीक्षणका क्रममा केही अस्पतालहरुले ज्वरोका बिरामीलाई बढी कडा औषधी दिएको, शुल्क बढी लिएको लगायत विषयमा समेत आवश्यक कागजात मगाएर अनुसन्धान थालिएको सहायक प्रजिअ बरालको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी