भीमाद–स्याङजा जोड्ने भीमभैरव मार्गको काम ‘लकडाउनमा पनि धमाधम’

  • ख-
  • ख+

भीमादः तनहुँको भिमाद देखि स्याङ्गजाको हरिनास गाउँपालिका जोड्ने भीमभैरव मार्गको सोमबार अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, राष्ट्रिय पुन निर्माण प्राधिकरण कार्यन्वयन इकाईका प्रमुख जयप्रकाश गुप्ताको टोलीले उक्त मार्गको अनुगमन गरेको हो । भीमभैवर मार्गका काम धमाधम भइरहेको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले बताए ।


“प्रतिकुल समयमा पनि भीमभैरव मार्गको निर्माणका काम धमाधम भइरहेको रहेछ,” उनले भने,“यो राम्रो कुरा हो ।” निर्माण सामग्री र बाटोको गुणस्तर मापन के कस्तो छ,विज्ञ टोलीबाट सुक्ष्म ढंगले अध्ययन गर्ने छौ । अनुगमनका क्रममा आयोजनाको विवरण सहितको कुनै पनि सुचना पाटी देखिएन । आयोजनाका बारेमा आम नागरिकले थाहा पाउनुपर्छ । त्यसैले तत्काल सुचना पाटी राख्न सम्बन्धीत निकायलाई उनले निर्देशन समेत दिए ।


राष्ट्रिय पुन निर्माण प्राधिकरणले भिमाद देखि हरिनास सम्म १५ किमी उक्त सडक मार्ग कालोपत्रे गर्नका बजेटको व्यवस्था गरेको हो । सपना महादेव खिम्तीदेवी निर्माण कम्पनीले भ्याट सहित ३० करोड रुपैयाँको लागतमा उक्त सडक कालोपत्रे सम्पन्न गर्न ठेक्का लिएको छ ।
उक्त मार्गको कालोपत्रे गर्नका लागि ०७५ असारमा सम्झौता भएको थियो ।

०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि लकडाउनका कारण निर्माण कार्य केही ढिलाई भएको निर्माण कम्पन्नीका प्रतिनिधि सतिश पराजुलीले बताए । “तोकिएको समयमा निर्माण सम्पन्न गर्ने थियौ,” उनले भने , “लकडाउनका कारण पनि निर्माण कार्यमा अवरोध भयो ।” यस बर्ष भने लकडाउन केही अवरोध गरेको छैन, निर्माण कार्य धमाधम भइरहेको छ ।

बीचमा निर्माणका सामग्रीको अभावले पनि केही ढिलाई गरेको उनले बताए ।सडक चौडा, नाहाला, सवबेस, बेसकोर्स लगायतका सबै काम सम्पन्न भसकेको छ । अहिले कालोपत्रे गर्ने काम पनि सुरु भएको छ । मौसमले साथ दियो भने असार मसान्त सम्ममा सबै काम सक्ने लक्ष्य छ ।


राष्ट्रिय पुन निर्माण प्राधिकरण कार्यन्वयन इकाईका प्रमुख जयप्रकाश गुप्ताले असार मसान्त भित्र उक्त मार्गको कालोपत्रे काम सक्नुपर्ने बताए । सडक कालोपत्रे बन्ने भएपछि स्थानीय खुशी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी