दमौली न्युज डट कमद्वारा सञ्चारकर्मी भण्डारीको उपचारका लागि ८ हजार सहयोग

  • ख-
  • ख+

दमौलीः वेदव्यास मल्टिमिडिया प्रालिद्वारा सञ्चालित दमौली न्युज डट कमले दुर्घटनामा दुवै खुट्टा भाँचिएर उपचाररत पत्रकार महासंघ तनहुँका सदस्य दिवाकर भण्डारीकी पत्नी एवं सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारका लागि आठ हजार रुपैयाँ सहयोग गरेको छ ।


दमौली न्युज डट कमका सदस्यबाट संकलित रकम नेपाल प्रेस युनियन तनहुँका सल्लाहकारसमेत रहेका सम्पादक पवन पौडेलले पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल र नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।


एक कार्यक्रमकाबीच अनलाईनले रकम हस्तान्तरण गरेको हो । सहयोग ग्रहण गर्दै महासंघ अध्यक्ष पौडेल र युनियन अध्यक्ष नहर्कीले सहयोगप्रति आभार प्रकट गर्दै आफूहरुले पनि संस्थागत रुपमा सहयोग संकलन जारी राखेको बताए ।


सम्पादक पौडेलले एक जनालाई पर्दा अर्कोले सघाउने संस्कृति विकास भए भावी दिनमा जोकोहीलाई अप्ठेरो पर्दा पनि यसैगरी रकम संकलन गरेर घाउमा मलम लगाउन सकिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी