तनहुँ उद्योग वाणिज्य संघले दियो दमौली अस्पताललाई ६ अक्सिजन सिलिण्डर

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघले दमौली अस्पताललाई छ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पतालमा भर्ना भएर उपचार लिईरहेका कोभिड १९ का संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन भन्दै संघले अक्सिजन भरिएका ती सिलिण्डर सहयोग गरेको हो ।


संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेललाई ती सिलिण्डर हस्तान्तरण गरेका हुन् । संघले शुरु गरेको कोभिड संकट व्यवस्थापन महाअभियानअन्र्तगत सुभेच्छुकबाट संकलित रकमबाट सहयोग गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संघले दमौलीसहित भानु, बन्दीपुर, म्याग्दे र आँबुखैरेनीका स्वास्थ्य एकाईमा समेत सहयोग गर्ने बताएको छ ।

हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी, संघका प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, द्वितिय उपाध्यक्ष कुमार मल्ल, महासचिव सुबोध अधिकारी, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ। महिला उद्यमी समिति सभापति शकुन्तला आलेलगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी