संचारकर्मी डोटेलको उपचारका लागि सशक्तिकरण समाजद्वारा सहयोग

  • ख-
  • ख+

दमौली: तनहुँकी महिला संचारकर्मी  सुनिता डाेटेल (पत्रकार दिवाकर भण्डारीको जीवन सङ्गिनी )काे उपचारका लागि महिला  सशक्तीकरण सञ्चार समाज तनहुँले पाँच हजार पाँच सय ५५ रूपैयाँ  आर्थिक सहयाेग प्रदान गरेकाे छ।


संस्थाकी अध्यक्ष प्रकृति खनालले  पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पाैडेललाई सहयोग
हस्तान्तरण गरेकी हुन्।

डाेटेलकाे शिघ्र स्वास्थ्यलाभको कामना गर्दै संस्थाबाट

केही आर्थिक  सहयोग गर्ने मनसायले सहयोग गरेको संस्थाकी अध्यक्ष  खनालले जानकारी दिइन्।


घरको छतबाट खसेर घाईते भएकी डोटेलको
हाल काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचार भैरहेकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी