समाधान अस्पतालको विज्ञप्तिः बढी शुल्क हामीले लिएका हैनौं (विज्ञप्तिसहित)

  • ख-
  • ख+

दमौलीः सामाजिक सञ्जालमा पीसीआर परीक्षणको बढी शुल्क लिएको भन्दै आलोचना भैरहेको सन्दर्भमा दमौलीको समाधान अस्पताल प्रालिले विज्ञप्ति जारी गर्दै आफूले बढी शुल्क नलिएको दाबी गरेको छ ।


जारी विज्ञप्तिमा अस्पतालले पीसीआर परिक्षण नगर्ने भन्दै आफूहरुले स्वाब मात्र संकलन गरेर निजी ल्याबमा परीक्षणका लागि पठाइएको उल्लेख गरिएको छ ।


‘एक सातादेखी अस्पतालको नियमित निगरानीमा रहेका बिरामीलाई पिसिआर परिक्षण गर्नुपर्ने अबस्था आएकोले सरकारी अस्पताल वा स्थानीय पालिकामा निशुल्क स्वाब परिक्षण हुने जानकारी गराएकोमा बिरामीलाई तत्काल उपचारका लागि पिसिआर रिर्पाेट आवश्यक परेकोले स्थानीय निजी ल्याबमार्फत अस्पतालमा नै स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको व्यहोरा अवगत गराउन चाहन्छौ,’ अस्पतालका चिकित्सक डा. श्रीराम चन्दद्वारा जारी विज्ञप्तिमा छ ।


शुरुदेखि नै एक सय रुपैयाँ उपचार शुल्क लिएको भन्दै अस्पतालले संकलित रकम ‘श्वाब संकलनका लागि पोखरा प्रयोगशालामा बुझाउनु पर्ने रकम साँथै स्वाब संकलनका लागि प्रयोग गरिने पिपिई पोशाक, किट, ढुवानी लगायतका शुल्क वापतको उक्त रकम यस अस्पतालले नीजि ल्यावलाई भुक्तान गरेको’ भनेको छ ।


विज्ञप्तिमा कोरोना संक्रमणको यो समयमा बिरामीको स्वास्थ्य सेवालाई प्राथमिकता दिदै अस्पतालले सर्वशुलभ मुल्यमा बिरामीको उपचार गराउँदै आएको भन्दै राजनीतिक प्रतिशोधको उद्देश्यले दुस्प्रचार भएको भन्दै अस्पतालमा नेकपा एमालेकी निवर्तमान सांसद कलिला खानको कुनै लगानी नरहेको व्यहोरा उल्लेख गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी