नेपाली लेखक संघको प्रतिनिधि सभा विघटन बहस

  • ख-
  • ख+

दमौलीः नेपाली लेखक संघ तनहुँको आयोजनामा प्रतिनिधि सभाको विघटन र संविधान कार्यान्वयनमा जटिलता विषयक कार्यक्रम सम्पन्न भएको छ ।


नेपाली लेखक संघ तनहुँका अध्यक्ष गौ कुमारी न्यौपानेको अध्यक्षतामा सम्पन्न जुम मार्फत आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख वरिष्ठ अधिवक्ता बैकुण्ठ न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताए । उनले प्रधानमन्त्री ओलीले गते विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चले उल्ट्याइ संसद् पुनर्स्थापना गरे पनि पुनः प्रतिनिधि सभा विघटन गर्नुले जनताको बलिदानीबाट प्राप्त उपलब्धीलाई प्रधानमन्त्री ओलीले आफ्नो पेवाको रुपमा लिएको आरोप लगाए ।

त्यसै गरी कार्यक्रममा नेपाली लेखक संघ तनहुँका संस्थापक अध्यक्ष एवं। वरिष्ट अधिवक्ता कमलामोहन वाग्लेले संविधान विघटन गर्न सिफारिस गर्ने सरकारको निर्णय र त्यसलाई जारी गर्ने राष्ट्रपतिको कदम असंवैधानिक भएको बताए ।


कार्यक्रममा वाग्लेले बहुमत सदस्यको हस्ताक्षर सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिकालागि गरिएको सिफरिसलाई वेवास्ता गर्दै राष्ट्रपतिको प्रतिनिधि सभा विघटनको विरुद्धमा परेको रिटमा सर्वोच्चले न्यायपूर्ण फैसला गर्ने धारणा व्यक्त गरे । कार्यक्रममा अधिबक्ता सरिता भण्डारीले नेपाली राजनीति नयाँ मोडमा प्रवेश गर्दा संविधान कार्यन्वयनमा आशंका उब्जिएको बताइन् ।


उनले कहि कतैबाट पनि संविधानमाथि आँच आउन नहुने बताइन् । कार्यक्रममा नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष कुसुमाकर न्यौपाने, नेपाली लेखक संघका गण्डकी प्रदेश सचिव लक्ष्मी शरण न्यौपाने, निवर्तमान अध्यक्ष उपेन्द्र खनाल, केन्द्रीय प्रतिनिधि प्रदिप घिमिरे, ब्राह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डे, उपाध्यक्ष शंकरराज नहर्की, सहसचिव अन्जना तिमल्सेना लगायतले प्रतिनिधि सभाको विघटन र संविधान कार्यान्वयनको जटिलताको बारेमा जिज्ञासा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी