दमौलीका संक्रमित बिरामीलाई एक महिना पानी दिने मोहनकाजीको घोषणा

  • ख-
  • ख+

दमौलीः दमौली अस्पतालका कोभिड संक्रमित बिरामीलाई दमौली घर भै हाल हङकङ निवासी मोहनकाजी बतासले एक महिना निःशुल्क पानी दिने घोषणा गरेका छन् ।

अस्पतालमा उपचाररत संक्रमितलाई यस अघि एक सुभेच्छुकले सहयोग दिएकामा एक महिना पुरा भएसँगै हाल पानी आपूर्ति कम भएको सुनेपछि सहयोग गरेको बतासले बताए । ‘संक्रमितलाई सकेसम्म स्याहार र सहयोगको आवश्यकता छ,’ उनले भने,‘त्यसैले मैले सानो सहयोग गरेको छु ।’
सरिताद्वारा पिताको स्मृतिमा निःशुल्क खाजा
यस अघि व्यास ३ निवासी नेवार अगुवा सरिता श्रेष्ठले संक्रमित बिरामीलाई निःशुल्क खाजाको व्यवस्था गर्दै आएकी छन् ।

उनले संक्रमणका कारण परिवारका पितासहित तीन जना गुमाए पछि पिता र दिवंगतहरुको स्मृतिमा खाजाको व्यवस्था गर्दै आएकी छन् । ‘मैले त परिवारका धेरै सदस्य गुमाएँ,’ उनले भनिन्,‘स्याहार अभावमा अब कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर सघाएको हुँ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी