भानु नगरपालिकामा निषेधाज्ञा एक साता थपियो

  • ख-
  • ख+

भानुः भानु नगरपालिकामा एक साता निषेधाज्ञा थप गरिएको छ । गत सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार बिहिबारबाट लागु हुने गरी थप एक साताका लागि निषेधाज्ञा लागु गरिएको नगर प्रमुख उदयराज गौलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस अघि जारी निषेधाज्ञा बुधबार सकिंदै थियो । नगरपालिकाभित्र समुदायस्तरमा संक्रमण देखिएको र संक्रमण क्षेत्रमा हालसम्म पनि कन्ट्याक्ट ट्रेसिङको काम भैरहेकाले निषेधाज्ञा थप भएको विज्ञप्तिमा उल्लेख छ ।


नगर प्रमुख गौलीले कन्ट्याक्ट ट्रेसिङमा परेका र शंका लागेकाहरुलाई परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

विज्ञप्तिमा उनले सबै नागरिक सचेत भै स्वास्थ्य मापदपण्डको पालना गर्दै बन्दाबन्दीको अवस्थामा सघाउन अनुरोध गरेका छन् । गत साउन २५ गते समुदायस्तरमा संक्रमण बढेपछि २७ गतेयता नगर क्षेत्रमा निरन्तर निषेधाज्ञा जारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी