दमौली अस्पतालका कोभिड संक्रमितलाई पौष्टिक आहारा

  • ख-
  • ख+

दमौलीः दमौली अस्पतालका कोभिड संक्रमित बिरामीलाई सुभेच्छुकले पौष्टिक आहारा सहयोग गरेका छन् ।


संक्रमित २० बिरामीका लागि फलफूल, जुस, मास्क तथा सरसफाईका सामानसहितको प्याकेज सहयोग गरिएको पछिल्लो समय कोभिड संकटका बेला जिल्लाभर सहयोग अभियान सञ्चालन गरेका व्यास २ निवासी सलिम मियाँले जानकारी दिए ।


‘संक्रमणका बेला पौष्टिक आहार नपुग्दा बिरामी झनै कमजोर भएको सुनिएको छ,’ उनले भने,‘त्यसैले कसैले कमजोरी महसुस् गर्नु नपरोस् भनेर सहयोग गरेका हौं ।’


उनले आहारा अस्पतालका चिकित्सकलाई हस्तान्तरण गरेका थिए । यस अभियानमा व्यास २ गणेशमान चोक घर भै हाल हङकङ निवासी केशम थापा ‘सोमी’ले सघाएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी