
दमौलीः लक डाउनका क्रममा समस्यामा परेका भारतीय नागरिकलाई सुभेच्छुकले सहयोग गरेका छन् । लक डाउनकै क्रममा पति गुमाएकी दुई छोराकी आमा भारतीय नागरिकको परिवारलाई व्यास ३ को महर्षि टोल तथा व्यास २ गणेशमान चोक घर भै हाल हङकङ बस्दै आएका केशम थापा ‘सोमी’को तर्फबाट बेग्लाबेग्लै राहत सामग्री प्रदान गरिएको हो ।
बजारमा सडक किनारमा रङ बेच्दै आए पनि पतिको वियोग तथा आर्थिक अभाव भए पछि सहयोग गरेको महर्षि टोलकी अध्यक्ष ईन्दिरा मिश्रले बताइन् । संस्थाले परिवारलाई चामल, तेल, दाल अण्डालगायत सघाएको हो ।
यसैगरी, दमौलीका युवाहरुको समूहले हाल हङकङ निवासी व्यास २ का केसम थापा ‘सोमी’को सहयोगमा सोही परिवारलाई चामल, पौष्टिक आहारा सहयोग गरिएको छ ।
पछिल्लो समय विभिन्न स्थानमा सहयोग सञ्चालन गरिरहेको मोहमद गफारले अप्ठेरोमा परेको जानकारी पाए पछि सहयोग गरिएको बताए ।