निषेधाज्ञा उल्लंघन गर्ने ४ व्यवसायीलाई २० हजार जरिवाना!

  • ख-
  • ख+

सञ्जय श्रेष्ठ
दमौली:
जिल्ला प्रशासन कार्यालय तनहुँले ४ जना व्यवसायीहरुलाई २० हजार जरिवाना गराएको छ ।
निषेधाज्ञाको समयमा व्यवसाय सञ्चालन गरेका दमौलीका ४ व्यवसायीहरुलाई प्रहरीले नियन्त्रमा लिएको हो । आईतबार व्यास ३ मालपोत लाइनका होटल व्यवसायीहरुलाई दिउँसोको समयमा व्यवसाय सञ्चालन गरेको भन्दै नियन्त्रणमा लिए सँगै प्रहरीले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा पठाएको थियो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले प्रति व्यक्ति ५ हजार जरिवाना तिराईएको बताए । तनहूँमा कोरोना संक्रमण दर बढे सँगै पटक पटकको अनुरोध र खबरदारीका बावजूद व्यवसाय सञ्चालन गर्नेहरूलाई यस अघि २२ जनालाई एक घण्टा होल्डिङ कारवाही गरेको थियो ।

तनहूँमा कोभिड संक्रमणको जोखिम बढी रहँदा प्रशासनले यस किसिमको जरिवाना पहिलो पटक गरेको र आगामी दिनहरुमा समेत निषेधाज्ञालाई पालना नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने आचार्यले जानकारी दिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी