खर्च जुटाउन नसक्दा चौतारीमै अलपत्र २ घण्टा हिंडेकी गर्भवती, जसलाई जेसिजले पोखरा अस्पताल पु¥यायो

  • ख-
  • ख+

दमौलीः भानु ६ डाँडाथोककी सुस्मिता अधिकारी अहिले गर्भवती छन् । चिकित्सकले उनलाई बच्चा जन्माउनका लागि आईतबारको समय दिएका थिए । तर दमौलीबाट झण्डै तीन घण्टाको पैदल दुरीमा रहेको उनको गाउँबाट दमौली आउन उनले कुनै साधन पाइनन् । ‘कतितिर भनियो,’ उनले भनिन्,‘तर कतै पाइएन ।’


गर्भवती भएका कारण मोटरसाईकलमा आउन पनि सम्भव थिएन । उनी सासु आमासँगै बरभञ्ज्याङ गाउँबाट हिंडेर शेरासम्म आइपुगिन् । त्यहाँबाट एक साधन खोजेर उनी दमौली आइन् ।
अवस्था जटिल भन्दै पोखरा रेफर
दमौली अस्पतालले सुत्केरी महिलाको अवस्था जटिल भएको र विशेष शल्यक्रिया गर्नुपर्ने भन्दै पोखरा रेफर गरिदियो । तर आर्थिक कठिनाई भोगेको परिवारसँग पोखरा जाने खर्च थिएन । ‘पोखरामा कति खर्च लाग्छ, के हुन्छ । यहीं(दमौलीमै) उपचार गरिदिए सजिलो हुन्थ्यो’, एक आफन्तले दमौली न्युजसँग भनिन्,‘तर यहाँ अपरेशन गर्दा खतरा हुन्छ भनेका छन् ।’

दिउँसो २ बजे अस्पतालबाट रिफर भएकी सुस्मिताले साढे ४ बजे मात्र पोखरा जान पाइन्, त्यो पनि जेसिआई व्यास नगरको निःशुल्क यातायात सेवाको सहयोगमा ।


खर्च अभावमा दमौली अनशन चौतारीमै दुई घण्टा बिताएकी उनलाई चिकित्सकले आज नै बच्चा पाउने समय दिएका थिए । यसबारे खबर पाएकी स्थानीय बसुन्धरा पौडेलले जेसिआई व्यास नगरको टिमलाई सम्पर्क गरिन् । महिलाको अवस्थाबारे थाहा पाएलगत्तै क्लबका अध्यक्ष लक्ष्मीभक्त खनाल तत्काल क्लबले शनिबारबाट थालेको यातायात सेवाको साधन लिएर आइपुगे ।

निःशुल्क साधन पाउँदा समेत उनीहरु अरु खर्चपर्चका लागि यताउता दौडिरहेका थिए ।


अवस्था जटिल भएकाले उनलाई धेरै समय नकुराई तत्काल पोखरा लैजाने निर्णय भयो । दिउँसो २ बजे अस्पतालबाट रिफर भएकी सुस्मिताले साढे ४ बजे मात्र पोखरा जान पाइन्, त्यो पनि जेसिआई व्यास नगरको निःशुल्क यातायात सेवाको सहयोगमा । परिवारको आर्थिक अवस्था कमजोर भएकाले साधन समेत खोज्न नसकेको पाइएको क्लबका उपाध्यक्ष पवन पौडेलले बताए ।

‘पैसा कम भएरै उनीहरु हिंडेरै दमौली आएजस्तो देखियो,’ उनले भने । निःशुल्क साधन पाउँदा समेत उनीहरु अरु खर्चपर्चका लागि यताउता दौडिरहेका थिए ।
अहिले अस्पताल भर्ना गराएर आए पनि उपचारमा सहयोग आवश्यकता देखिएको बिरामी लिएरै पोखरा पुगेका खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी