
दमौलीः तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा जारी भए पनि लक डाउन बढ्नुमा मानिसको लापरवाही पनि कारक भएको बताएका छन् । निषेधाज्ञा प्रशासनका लागि मात्र भएजस्तो अनुभव भएको भन्दै उनले गाउँ गाउँका मानिस समेत नभैदिंदा संक्रमण फैलिएको बताए ।
तनहुँ टेलिभिजनको कार्यक्रम संवादमा कुराकानी गर्दै उनले नागरिक जिम्मेवार नबन्दासम्म प्रशासनले मात्र संक्रमण रोक्न नसक्ने बताए ।
तनहुँ टेलिभिजन समाचारलगत्तै प्रशारण हुने अन्र्तवार्तामा उनले अवैध गिटी बालुवा नियन्त्रण, कालोबजारी, अस्पतालले लिएको बढी शुल्क लगायत नागरिकका जिज्ञासाको जवाफ दिए । कार्यक्रम आईतबार राती ७ः४५ र ९ः१५ बजे प्रशारण हुने टेलिभिजनले जनाएको छ ।