सफासडक आगलागीः ‘रातीसम्म बिजुली आउँछ’ (आगलागीको भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः दमौली सफा सडकमा आगलागी भए पछि अवरुद्ध विद्युत सेवा मध्यरातसम्म नियमित बनाउने योजनामा काम भैरहेको नेपाल विद्युत प्राधिकरण तनहुँले जनाएको छ ।
व्यास नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएलगत्तै प्राधिकरणका इञ्जिनियरहरुसहितको टोली घटनास्थल पुगेको थियो ।


दमौली बाहेकका क्षेत्रमा नियमित भए पनि दमौली बजारमा भने रातीसम्म काम गरेर विद्यूत नियमित बनाउने लक्ष्यका साथ काम गरिएको प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख अमृत पाण्डेले बताए । घटनास्थलमा पुगेका व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले दमकलका कारण आगलागी समयमै नियन्त्रणमा आएको बताए । ‘व्यासको दमकल प्रभावकारी देखियो,’ उनले भने ।


प्रहरी उपरीक्षक अरुण पौडेलले तत्काल घटनास्थलमा पुगेर आगो निभाउन निर्देशन दिएका थिए । ‘तत्काल प्रहरी खटेर आगो निभाउन थालेको थियो,’ उनले भने,‘दमकल आएपछि झनै सजिलो भयो ।’
आगलागीका कारण सफासडकको पूर्वतर्फका विद्युत, इन्टरनेट, केबललगायतका तार क्षतिविक्षत भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी