नयाँ बजेटः तनहुँका कुन कुन तह र योजना प्राथमिकतामा ?

  • ख-
  • ख+

दमौलीः सरकारले ल्याएको नयाँ आर्थिक वर्ष ०७८÷७९ को बजेटमा तनहुँ क्षेत्र नम्बर एकका पाँचवटा तहमा ठूला योजना परेका छन् ।
अर्थमन्त्री विष्णु् पौडेलले प्रस्तुत गरेको र अध्यादेशमार्फत जारी हुने बजेटले मुख्य रुपमा
व्याससहित, आँबुखैरेनी, भानु तथा देवघाटमा केन्द्रीयस्तरका ठूला योजना पारेको छ ।
बजेटले व्यास र भानुमा पर्ने भानुभक्तः प्राणी उद्दान, आँबुखैरेनीमा केन्द्रीयस्तरको बालगृह, देवघाटको धार्मिक विकास आदिलाई समेटेको छ ।

यसका अलावा क्षेत्र नम्बर २ मा पर्ने व्यास चिन्टुटारमा औद्योगिक क्षेत्र सम्भाव्यता अध्ययन, आँबुखैरेनीमा तामाखानीको सम्भाव्यता अध्ययन गर्ने विषयलाई बजेटले समेटेको छ ।

चुनाव घोषणा गरेको सरकारले बनाएको केन्द्रीय बजेटमा अरु क्षेत्र र तह पनि समावेश भएका भए पनि घोषणामा भने मुख्यरुपमा यी क्षेत्र समेटिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्