बढ्यो वृद्धभत्ता, अब ४ हजार पाइने

  • ख-
  • ख+

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको भत्ता तीन हजारबाट चार हजार पुर्‍याइने बताएका छन् ।

नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिनाका पर्यटकीय भिसा निःशुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख रोजगारी सिर्जना गर्न १२ अर्ब विनियोजन गरिएको छ । प्रशिक्षार्थी कामदारका लागि तीन महिनाको तलबभत्तावापत एक अर्ब रुपैयाँ उपलब्ध गराइने भएको छ ।

सबै कर्मचारीलाई १० दिनको पर्यटकीय भत्ता उपलब्ध गराइने घोषणा अर्थमन्त्री पौडेलले गरे । निजी क्षेत्रका कर्मचारीका लागि पनि उक्त रकम उपलब्ध गराउन प्रेरित गरिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी