आईतबारबाट व्यासका वडा कार्यालय खुल्ने, बजेटको काम थालिने

  • ख-
  • ख+

दमौलीः आईतबारबाट व्यास नगरपालिकाको मुख्य र वडाका कार्यालयहरु खुल्ने भएका छन् । गत वैशाख २६ बाट नै कोभिड संक्रमणको जोखिम देखिएको भन्दै मुख्य र वडा कार्यालयहरु बन्द गरिएका थिए ।


तर शनिबार नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको एक बैठकले यस्तो निर्णय गरेको नगरपालिका कार्यालयका प्रवक्ता मेघनाथ आचार्यले बताए । उनका अनुसार अब सीमित कर्मचारीसहित खुल्ने कार्यालयले २०७८÷०७९ को नीति तथा कार्यक्रम
बजेट तर्जुमा लगायत कार्यालयका आन्तरिक कार्यहरु सञ्चालन गर्नेछन् ।


बैठकले नगरपालिका क्षेत्रभित्र सञ्चालित निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु मार्फत पि.सि.आर तथा एन्टिजेन गरिएका व्यक्तिहरुको विवरण तथा परीक्षणको नतिजा समयमा नै नआउँदा रोकथाम र उपचारमा समस्या परेको भन्दै नाम ठेगानासहितको विवरणसँगै पि.सि.आर तथा एन्टिजेनको नतिजा प्रष्ट रुपमा खुल्ने गरी यस नगरपालिकालाई समयमा नै उपलब्ध गराउन अनुरोध गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी