नवयुवा क्लबद्वारा मृगौला फेल भएकी बिरामीलाई १६ लाख सहयोग

  • ख-
  • ख+

दमौलीः मृगौला फेल भएर उपचार गराइरहेकी टोलकी एक सदस्यलाई व्यास नगरपालिका वडा नं. १ हाईस्कुलटारमा रहेको नवयुवा क्लबले सहयोग हस्तान्तरण गरेको छ ।


मृगौला फेल भएकी आशमाया तामाङको आफन्तलाई लाई क्लबले संकलन गरेको १६ लाख १५ हजार एक सय ५० रुपैयाँ हस्तान्तरण गरेको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिए ।
बिरामी उपचारकै क्रममा राजधानी रहेकाले सहयोग आफन्त एवं एनप्याब्सन पूर्व अध्यक्ष सन्त तामाङलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले हस्तान्तरण गरे ।


उनले एउटा युवा क्लबले यति ठुलो रकम संकलन गरेर गरेको सहयोग उदाहरणीय भएको बताए ।
आफन्त सन्त तामाङले परिवारका सबै सदस्य आशमायाको उपचारका लागि रहेको र धेरै खर्च लागेको बताए । क्लबले टोल विकास संस्था, आमा समूह, महिला संजाल, विभिन्न संघ संस्था, विदेशमा रहनु भएका शुभचिन्तकहरुबाट रकम संकलन गरेको भन्दै अध्यक्ष तामाङले आभार प्रकट गरे ।


व्यास वडा नम्बर १ सदस्य, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि, महिला संजाल तथा आमा समुहका पदपाधिकारी कार्यक्रममा उपस्थित रहेको सदस्य सुस्मिता चौधरीले जानकारी दिइन् ।

उपचारका क्रममा ठूलो धनराशी खर्च भए पछि क्लबले आशमायाको उपचारमा सुभेच्छुकबाट सहयोग संकलन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी