दमौली आइसोलेसनका संक्रमित १९ लाई छङ्गेलीको ‘गेट वेल सुन ‘ प्याकेज

  • ख-
  • ख+

दमौली: छङेली नेवा:  खल: दमौलीले व्यास नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनका बिरामीलाई गेट वेल सुन (स्वास्थ्य लाभको कामना) प्याकेज वितरण गरेको छ ।


साविक कृषि विकास बैंकको भवनमा आइसोलेशनमा  बसेका १९ जना संक्रमित बिरामीलाई बिपन्न परिवारलाइ सहयोग गरिएको खल: का अध्यक्ष सुकनारायण मल्लले जानकारी दिए ।


कार्यक्रममा वरिष्ठ उपाध्याय शेरकुमार कायस्थ, सह कोषाध्यक्ष विष्णुकुमार कायस्थको उपस्थित रहेको समाजले जनाएको छ । गणतन्त्र दिवसको अवसरमा सदस्यको सक्रियतामा सहयोग संकलन गरेर प्याकेज वितरण गरिएको अध्यक्ष मल्लले जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी