कमलाबारीमा ट्रक र ट्यांकर ठोकिएपछि….

  • ख-
  • ख+

दमौली: व्यास १२ कमलाबारीमा ट्रक र ट्यांकर ठोकिँदा‌पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

डुम्रेबाट दमौली आइरहेका ग्यास ट्यांकर र ट्रक ठोकिँदा राजमार्ग अवरुद्ध भएको हो । करिब साढे ९ बजे अवरुद्ध राजमार्ग खुलाउन प्रहरीलाई आदेश दिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

बुलेटको ब्रेक फेल भएर भएको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी