छाब्दी दोभानमा पहिरोले पुर्दा वृद्धाको मृत्यु

  • ख-
  • ख+

दमौली: व्यास १ निर्मल नगरको छाब्दी खोला दोभानमा पहिरोले च्यापिएर एक महिलाको ज्यान गएको छ ।
घर पछाडिबाट खसेको पहिरोले काठको बलो खसेर पुर्दा घाइते ६३ वर्षकी सरस्वती घर्तीको ज्यान गएको हो।


उनलाई उपचारका लागि लैजाने तयारी गर्दा ज्यान गए पछि घर फर्काइएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए ।
घर पूर्ण भत्किए पनि अरु मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए ।


घरका सदस्य अर्को र वृद्धा फरक कोठामा सुतेका कारण अरु भने बाँच्न सफल भएको घटनास्थल पुगेका वडा अध्यक्ष दरैले जानकारी दिए ।
तस्बिर: फाइल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्