भानुकी सुत्केरीको दर्दनाक कथा: जसले बच्चालाई जन्म दिइन्, तर आफैं बाँच्न सकिनन्

  • ख-
  • ख+

दमौली: बितेका २४ घण्टामा पोखरामा उपचार लिन गएका तनहुँका आठ जनाले ज्यान गुमाए । कोरोना संक्रमण दर बढिरहेका बेला यो मृत्यु उच्च हो ।

कोरोना संक्रमणका कारण ज्यान जाने धेरै बढे पनि उपचारका लागि गएका बेला अक्सिजन नै नपाएर ज्यान गुमेका घटना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढी सुनिएका छन्। प्रतिष्ठानमा जीवनको आशा गरेर गएका आठ जनाले मात्र अक्सिजन नपाएर ज्यान गुमाउनु परेको छ ।

अक्सिजन अभावले ल्याएको आमा बच्चाको वियोग

गत जेठ ५ देखि नै संक्रमण पुष्टि भए पछि भानु ११ कि २५ वर्षीया संक्रमित महिलाका पतिले घरमै हेरचाह गरिरहेका थिए । तर गत शुक्रवार व्यथा लाग्ने पछि बच्चा जन्माउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा लगियो ।

संक्रमण देखिएका कारण आइसोलेसन् वार्डमा राखिएकी उनले बच्चालाई जन्म पनि दिइन् ।संक्रमणको अवस्थाका बीच स्वस्थ बच्चा जन्माउन उनी सफल भइन् ।

सँगै पुगेका पति पनि खुशी थिए ।तर नियतीले दिएको विडम्वना, अक्सिजन अभावमा ती महिलाले मृत्युवरण गर्नु पर्यो ।संक्रमणको जोखिमका बीच पनि उनका पतिले पोखराको सरकारी अस्पताल लगेका थिए। सबै सुविधा पुगोस्, अनि आमा बच्चा दुवै बचाउन पाइयोस् भनेर ।तर सेनाको सहयोगमा आँखै अगाडि आफ्नो बच्चाकी आमाको अन्त्यसँगै उनी टुहुरो बच्चा लिएर फर्कन बाध्य भए, कारण थियो अक्सिजन अभाव ।

चिकित्सकले उपचार नै गर्न नसकिने बताए पछि आफैं लागेर पनि उनका आफन्तले अक्सिजन जुटाउन सकेनन्, अनि एउटा दुःखद् वियोगान्त कथा शुरू भयो ।प्रतिष्ठान अक्सिजन पर्याप्त पुग्न नसकेका कारण उनीसहित अरु आठ जना संक्रमित बचाउन नसकिएको बताउँछ ।


पछिल्लो २४ घण्टामा ज्यान गुमाएकाहरुको विवरण

तनहुँ जिल्ला, घिरिङ गाउँपालिका–१ का ४० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/१४ गते मेडिप्लस अस्पताल, पोखरामानिधन । तनहुँ जिल्ला, भिमाद नगरपालिका–६ की ७७ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/१४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन । तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका – ७ का ४८ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/१४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन ।प्रतिष्ठानमा भिमाद ६ कि ७७ वर्षीया महिला र शुक्लागण्डकी ४ का ४८ वर्षका पुरुषको अक्सिजन अभावमा निधन ।
तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका–२ का ६० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/१४ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन ।
तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाका ४८ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/१३ गते ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा निधन ।श्रोत: स्वास्थ्य निर्देशनालय, गण्डकी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी