लायन्स व्यास सिटीको फुड बैंकबाट पाँच परिवारलाई खाद्यान्न

  • ख-
  • ख+

दमौली: कोभिड संक्रमणका कारण लक डाउनमा परेर खाद्यान्न अभाव भोगेको परिवारको चुलो बल्न भन्दै लायन्स क्लब अफ तनहुँ व्यास सिटीले शुरू गरेको फुड बैंकले पहिलो दिन पाँच परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
एक साताका लागि पुग्ने चामल, दाल, नुन, तेलसहित आवश्यक सामग्री सहयोग गरिएको क्लबका अध्यक्ष कुमार मल्लले जानकारी दिए ।
क्लबले अवस्था बुझेर श्रम गर्न नपाएका तथा अभाव खेपेकालाई यस्तो सहयोग गरिरहेको प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी