छुटेकालाई दमौलीमा आईत र सोमबार खोप

  • ख-
  • ख+

दमौली: फागुन २३ अघि कोभिशिल्ड लगाएका व्यक्तिहरूलाई दमौलीका तीन ठाउँमा खोप लगाइने भएको छ ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जन प्रतिनिधि, वृद्ध वृद्धा पत्रकार आदिलाई दोश्रो चरणको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले घोषणा गरेको थियो।


सोही अन्तर्गत दमौलीमा व्यास नगरपालिकाको सभा हल,
स्वास्थ्य कार्यालय भवन र कैदी बन्दीका लागि जिल्ला कारागारमा खोप लगाइने व्यास नगरपालिकाले जानकारी दिएको छ ।
आईतबार र सोमबार विहान १० देखि दिउँसो ४ बजेसम्म यस अघि छुट भएकालाई यस्तो खोप दिन लागिएको नगरपालिका कार्यालयका प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी