पूर्वमन्त्री भण्डारीको पहलमा अस्पताललाई १७ थान अक्सिजन सिलिण्डर

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको पहलमा ल्याइएको १७ थान अक्सिजन दमौली अस्पताल र जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र बेलचौतारालाई हस्तान्तरण गरिएको छ ।


जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठलाई १० थान र दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई ७ थान सिलिण्डर हस्तान्तरण गरे ।


सहयोग हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लेले यो संक्रमणको घडीमा पूर्वमन्त्री भण्डारीले गरेको पहल निकै सह्रानीय भएको बताए । दमौली अस्पतालका प्रमुख डा. पौड्यालले अक्सिजनको अभावमा बिरामीहरुले ज्यान गुमाई रहनु परेको अवस्थामा पूर्वमन्त्री भण्डारीको पहलमा अक्सिजन सिलिण्डर उपलब्ध गराउने कार्य निकै सह्रानीय भएको बताए ।


अक्सिजन हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले समेत धारणा राखेका थिए । पूर्वमन्त्री भण्डारीले यस अगाडि जिल्लाका अस्पताल र आइसोलेसन कक्षमा स्वास्थ्य सामग्री हस्तान्तरणका लागि नेपाली कांग्रेस तनहुँलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएको उनको सचिवालयले जनाएको छ ।


नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेका अनुसार केही दिन भित्र नै तनहुँ कांग्रेसले स्वास्थ्य सामग्री उपलब्ध गराउने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी