कोभिड संकट व्यवस्थापन समिति निर्णयः अति आवश्यक परेकाले बैंकको सेवा पाउने

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले प्रस्ताव गरेअनुसार नै अब थपिएको निषेधाज्ञाका क्रममा अति आवश्यक परेका व्यक्तिका हकमा दमौलीका बैंक तथा वित्तिय संस्थाले सेवा दिने भएका छन् ।


व्यास नगरपालिकाले प्रस्ताव गरेको समय विहान १० देखि मध्याह्न १२ बजेसम्म बैंकका कर्मचारीलाई सम्पर्क गरेर रेमिट्यान्स, विकास निर्माणका काम तथा अति जरुरी परेका व्यक्तिले रकम जम्मा तथा झिक्न मिल्ने गरी जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले निर्णय गरेको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार यसरी सेवा दिंदा काउण्टर खोल्न भने पाइने छैन । शाखाबाट सम्पर्क गरी अति आवश्यक परेकाले मात्र त्यस्तो सेवा लिन पाउनेछन् । बैठकले शनिबार सकिने निषेधाज्ञा थप एक साता जेठ २२ गतेसम्म लम्ब्याउने निर्णय गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी