संसद विघटनः के आउला सर्वोच्चको आदेश ?

  • ख-
  • ख+

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन वदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तीको माग राख्दै बहुमत सांसदहरुले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइका लागि ५ सदस्यीय संवैधानिक इजलाश गठन भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफ्नो नेतृत्वमा न्यायधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ  रहेको संवैधानिक इजलाश गठन गरेका छन् । प्रतिनिनिसभाका १ सय ४६ जना सांसदले दायर गरेको रिटको आज प्रारम्भिक सुनुवाइ हुँदैछ । 

रिटमा संसद विघटन बदर माग गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि परमादेश जारी गर्न माग गरिएको छ । त्यस्तै मुद्दाको अन्तिम किनारा नलागेसम्म सरकारलाई अध्यादेशबाट बजेट ल्याउने लगायतका कुनै पनि दीर्घकालिन महत्वका काम रोक्न पनि माग गरिएको छ।

शुक्रबारबाट शुनुवाई शुरु हुने भए पनि सर्वोच्चले यस विषयमा कस्तो फैसला गर्ला भन्ने विषयमा नै देशमा देखिएको राजनैतिक ध्रुवीकरणले सम्भावित बाटो पहिल्याउनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी