तनहुँमा अहिलेसम्म वर्षाले क्षति गरेको छैन, तर अझै सजग हुनु जरुरी छ ‘

  • ख-
  • ख+

दमौली: पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण देशैभर जारी वर्षाका कारण हालसम्म तनहुँमा क्षति नभएको प्रहरीले जनाएको छ।
बिहीबार रातीदेखि नै निरन्तर वर्षा भइरहे पनि हालसम्म जोखिमको अवस्था जानकारीमा आई नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए ।

तर पनि नदी किनार नजान र जोखिम देखिएमा खबर गर्न प्रशासनले अनुरोध गरेको छ । ‘ क्षति भएन भनेर ढुक्क हुने अवस्था छैन,’ उनले भने, ‘ तर सजग भने हुनु जरुरी छ ।’
गण्डकी प्रदेशमा हिमपात र वर्षा शनिबारसम्म जारी रहने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

शनिबारसम्म नै वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस सम्बन्धी सूचना जारी गर्दै
अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण निरन्तर वर्षा हुने र यसको प्रभावले विभिन्न ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था आउन सक्ने पूर्वानुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी