दमौली न्युजकर्मी खनालको घटनामा क्षेत्री समाजद्वारा दुःख प्रकट

  • ख-
  • ख+

दमौलीः दमौली न्युज डट कममा प्रकाशित समाचारका विषयलाई लिएर समाचार प्रमुख विकास खनालमाथि दिइएको धम्कीको घटना आगामी दिनमा नदोहो¥याउने क्षेत्री समाज नेपाल तनहुँले प्रतिवद्धता जनाएको छ ।


खनालमाथि समाजले प्रशासनमार्फत तनहुँका अस्पतालहरुलाई सहयोगको समाचारमा नाम तल परेको तथा नाम त्रुटी भएको भन्दै समाजकी उपाध्यक्ष शारदा थापा अधिकारीले धम्की दिएको भन्दै पत्रकार महासंघले विज्ञप्ति जारी गरेको थियो ।


घटनाको विवाद समाधानका लागि पत्रकार महासंघ तनहुँमा समाजका पदाधिकारी तथा महासंघ नेतृत्वबीच छलफल भएको थियो । छलफलका क्रममा प्रकाशित÷प्रशारित समाचारका बिषयमा असहमति भएको खण्डमा क्षेत्री समाज नेपाल तनहुँ सम्बन्धित संचारगृहमा सुधारका लागि आग्रह गर्न जान सक्ने समेत सहमति भएको महासंघका सचिव प्रताप रानाले बताए ।


छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, तनहुँका अध्यक्ष उज्वल पौडेल, पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष एव्म सल्लाहकार डम्बरबहादुर अधिकारी, दमौली न्युज डट कमका सम्पादक पवन पौडेल, महासंघका कार्य समिति सचिव प्रताप राना र कार्य समिति सदस्य उपेन्द्र खनाल तथा क्षेत्री समाजका तर्फबाट नेपाल तनहुँका अध्यक्ष रामबहादुर अधिकारी र उपाध्यक्ष विरेन्द्र बहादुर अधिकारीलगायत सहभागी थिए ।


छलफलका क्रममा महासंघका नेताहरुले विज्ञप्ति कुनै समुदायप्रति नभै पत्रकारविरुद्ध प्रयोग भएको शब्दका आधारमा जारी भएको भन्दै आगामी दिनमा दुवै पक्षले असमझदारी अन्त्य गर्ने सहमति गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी