
दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा अत्यधिक संक्रमित पाइएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार पछिल्लो २४ घण्टामा पोखरा र काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार संक्रमितको संख्या प्रदेशले सार्वजनिक गरेको भन्दा बढी देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पीसीआर परीक्षण नतिजामा एक सय ७० जनामा संक्रमण देखिएको छ ।
तर कार्यालयको नतिजामा त्योभन्दा कैयौं बढी पोजिटिभ देखिएका छन् । आखिर कसरी ? ‘व्यास नगरपालिकासहितबाट काठमाडौं पठाइएको रिपोर्ट हामीकहाँ आइसकेको छ,’ स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले भने,‘पोखरामा इन्ट्रि नभैसकेकाले कम देखिएको हो ।’
कहाँ कति संक्रमित ?
पछिल्लो विवरण अनुसार व्यासमा मात्र एक सय ६४ संक्रमित थपिएका छन् । व्यास नगरपालिकापछि अधिक संक्रमित शुक्लागण्डकीमा ७७ जना पाइएका छन् । यसैगरी
भानुमा दुई जना तथा बन्दीपुरमा एक जना मात्र संक्रमित थपिएका छन् ।
स्वास्थ्य प्रमुख अधिकारी व्यासको एकै पटक धेरै ठाउँको नतिजा आउँदा धेरै संक्रमित देखिएको बताउँछन् ।