निषेधाज्ञा उल्लंघन गर्नेमाथि कडाई गर्दै प्रशासन, पाँच लाखसम्म जरिवानाको तयारी

  • ख-
  • ख
  • ख+

दमौलीः तनहुँ प्रशासनले अब कोभिड संकट व्यवस्थापन सम्बन्धमा व्यवस्थ ागर्न बनेको अध्यादेशअनुसार जरिवानाको तयारी गरेको छ ।


यस अघि संक्रामक रोग िनयन्त्रण ऐनअन्र्तगत निषेधाज्ञा अटेर गर्नेलाई एक सय रुपैयाँसम्म जरिवाना गराइंदै आएकोमा अब नयाँ अध्यादेशअन्र्तगत जरिवाना लिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले अध्यादेशअनुसार नै अब कारबाही हुने बताए ।


अध्यादेशले अटेर गर्नेका हकमा व्यक्तिलाई अधिकतम एक लाख र संस्थाका हकमा पाँच लाख सम्म जरिवाना गर्न सक्ने प्रवन्ध गरेको छ । सहायक प्रजिअ बरालले अब त्यसै अनुसार कारवाही अघि बढ्ने बताए । अध्यादेशमा सवारी साधनका हकमा दुई पांग्रेलाई दुई हजार र अरुका हकमा पाँच हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।


अहिलेसम्म संक्रामक रोग ऐनअनुसार कारवाही भए पनि अब भने नयाँ अध्यादेशबाट जरिवाना लिने गरी तयारी गरिएको प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्