कोरोना जित्नेको कथाः …………..अनि होमबहादुर निको भए

  • ख-
  • ख+

बन्दीपुरः कोभिड १९ संक्रमणको जटिल अवस्थामा पुगे पनि आर्थिक अभावमा जीवनमरणको दोसाँधमा पुगेका बन्दीपुर धारापानीका एक व्यक्तिले जीवन पाएका छन् ।


गत वैशाख २५ गतेबाट कोभिड १९ संक्रमणमा परे पछि उपचारका लागि चितवन मेडिकल कलेज पुगेका उनले कोरोना जित्नेमा धेरैले आश मारिसकेका थिए । निकै जटिल समस्या देखा परे पनि आर्थिक अवस्था धान्ने नभएकाले उनको उपचार कसरी गर्ने पिरलो परिवारलाई थियो ।


सामान्य ट्याक्सी चलाएर जीविका धान्दै आएका नेपालीलाई चितवन मेडिल कलेजमा भर्ना गरियो । तर धेरै दिन आईसीयुमै राख्नुपर्ने भएकाले खर्च समेत धेरै हुन थाल्यो । उपचारका लागि आर्थिक अभाव भए पछि परिवारले आश मारेका थिए । बन्दीपुरकै स्थानीय एवं कांग्रेस कोषाध्यक्ष रेशम गुरुङको पहलमा उपचार पश्चात नेपाली निको भएर फर्केका छन् ।

झण्डै २० दिन अस्पतालमा उपचार गराएका उनका लागि करिब चार लाख खर्च भएको बताइएको छ । गुरुङको पहलमा अस्पतालले झण्डै एक लाख रुपैयाँ नेपालीको उपचारमा सहयोग गरे पछि अहिले उनी निको भएर फर्किएको परिवारले बताएको छ । गुरुङको अनुरोध पछि कांग्रेस चितवनका पार्टी सभापति जितनारायण श्रेष्ठमार्फत उपचारमा अस्पतालबाट सहयोग गरिएको थियो ।

उनको उपचारका लागि बन्दीपुरेले समेत सघाएका थिए । नेकपा बन्दीपुरका नेता सुरेन्द्र थापाले समेत उपचारमा सघाएको परिवारले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी