बीपी जयन्तीमा आईसोलेसनका बिरामीलाई फलफूल

  • ख-
  • ख+

विकास खनाल
दमौलीः महामानव विश्वेश्वरप्रसाद कोइरालाको १०७ औँ जन्मजयन्तीका अवसरमा तनहुँमा नेपाली कांग्रेसले विविध कार्यक्रम गरेको छ । पार्टी कार्यालय बीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बीपीको फोटोमा माल्यार्पण र प्रवचन कार्यक्रम गरियो ।


पार्टी जिल्ला सभापति बैकुण्ठ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापति रघुनाथ पौडेल, जिल्ला सचिव विश्व बाँस्तोला, व्यास नगर सभापति शान्तिरमण वाग्ले, नेताहरु उदयराज गौली, ताराप्रसाद श्रेष्ठ, सरिता गुरूङ, केश बहादुर सुनार, मीरा जोशी, लगायतका नेताको उपस्थित रहेको जिल्ला सदस्य कृष्ण रूचालले बताए ।


पार्टीले कोभिड १९ को शंक्रमणपश्चात आइसोलेसनमा रहेका बिरामीहरूलाइ फलफूल बितरण गरेको थियो । ब्यास ३ को किरियापुत्री भवनमा रहेको आइसोलेसनमा पार्टी सभापति बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा १३ जना बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

यसैगरी, कृषि बैंकको पुरानो भवनमा रहेका पाँच जनालाई पुर्व सभापति रघुनाथ पौडेलको प्रमुख आतिथ्यतामा फलफूल बितरण गरिएको व्यासनगर सहसचिव एवं प्रवक्ता डम्बर अधिकारीले बताए ।

जयन्तीका अवसरमा हरेक वर्ष जिल्लाभर कार्यक्रम राखिए पनि यसपाली कोभिड १९ संक्रमणका कारण थोरै मात्रै कार्यक्रम राखिएको पार्टीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी