प्रशासनको आग्रहः नदी किनार नजानु, विपद्का घटना देखिएमा तत्काल फोन गर्नु

  • ख-
  • ख+

दमौलीः पश्चिम बंगालको खाडीमा विकसित जलवायुको प्रभावका कारण शनिबारसम्म तनहुँमा धेरै वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै तनहुँ प्रशासनले यस अवस्थामा विशेष सजगता अपनाउन जिल्लावासीसँग आग्रह गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालद्वारा जारी सूचनामा बाढी, पहिरो र ढुबान हुनसक्ने क्षेत्रमा नजान आग्रह गरिएको छ ।


यसैगरी सेती, मादी लगायतका खोलाको छेउमा नजान तथा कुनै विपद्का घटना देखिएमा तत्काल जिल्ला आपतकालिन सञ्चालन केन्द्रको ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको ९८५६०६७७७७ वा प्रहरी उपरीक्षकको ९८५६०६५५५५ मा खबर गर्न प्रशासनले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्