दमौलीका बैंकरद्वारा व्यासलाई साढे २ लाखको अक्सिजन मेसिन सहयोग

  • ख-
  • ख+

दमौलीः दमौलीका बैंकरहरुको संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई साढे दुई लाख मूल्य पर्ने दुई थान अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।

बिरामीका लागि तत्काल अक्सिजन उत्पादन गर्दै वितरण गर्न मिल्ने प्रविधियुक्त मेसिन क्लबका अध्यक्ष राजु रानाले व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई मेशिन हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा नगरपालिकाका उप प्रमुख मिरा जोशी, प्रमुख प्रशासकिय अधिकृत, दमौलीका बैंकका प्रवन्धकहरु तथा व्यास २, ३ र ४ वडाका अध्यक्षहरु समेत उपस्थित रहेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्