प्रदेश जनस्वास्थ्य प्रयोगशाला भन्छ,‘पहिले ढिलो थियो, अहिले एक दिनमै रिपोर्ट आईरहेको छ’

  • ख-
  • ख+

पोखराः प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो दिनमा आफ्नो कार्यालयमा आइपुगेर दर्ता भएको ४८ घण्टा भित्रमा पीसीआर रिपोर्ट उपलब्ध गराइरहेकोे जनाएको छ । गण्डकी प्रदेश अन्तरगतको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बुधबार बिज्ञप्ती प्रकाशन गरेर उक्त जानकारी गराएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पछिल्लो क्रममा देशभर कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेसंगै गण्डकी प्रदेशमा पनि सम्भावित संक्रमितको संख्या बढेपछी परिक्षणका लागि यस प्रयोगशालामा आउने नमुनाको संख्या बढेको उल्लेख छ ।

विज्ञप्तीमा नमुनाको संख्या गुणात्मक वृद्धि भई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कोभिड–१९ परिक्षण प्रयोगशालालाई पूर्ण क्षमतामा संचालन गर्दा पनि केही नमुना बाँकी बस्ने र समयमै रिपोर्ट दिन नसकिने अवस्था सृजना भए पछि प्रदेश भित्रका केही जिल्लाका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौँमा परिक्षणका लागि पठाइएर समेत समयमै नतिजा दिन प्रयास गरेको तर त्यहाँ पनि उस्तै अवस्था रहेकोले केहि दिन ढिला हुन गएको उल्लेख छ ।

काठमाडौं नमुना पठाउँदा काठमाडौं नमुना पठाइएको दिन देखिनै आंशिक रुपमा रिपोर्ट आईरहेको र बुधबार सम्ममा काठमाडौँ पठाइएको सम्पूर्ण नमुनाको रिपोर्ट समेत सबैले प्राप्त गरेको हुनाले अब सो समस्या हटेको निमित्त निर्देशक सुवेदीले बताइन् ।

महामारीको परिस्थितिमा समयमै कोभिड–१९ परिक्षणको रिपोर्ट उपलब्ध गराउन नसक्दा दुःख लागेको र आफ्नो क्षमताले भ्याए सम्म काम गर्दै जाँदा पनि ठूलो संख्यामा आएका नमुना परीक्षण गर्नु पर्दाको कारणले मात्र ढिलाइ भएको निमित्त निर्देशक सुवेदीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्