नेपाल जेसिजले दियो १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग

  • ख-
  • ख+

दमौलीः नेपाल जेसिजले कोभिड संक्रमितको उपचारका लागि सघाउन भन्दै हेटौंडा अस्पताललाई एक सय एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।


हेटौंडा अस्पतालमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालको संचालक सस्था मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई ती सिलिण्डर हस्तान्तरण गरे ।

‘हामी मानवताको सेवालाई सर्वोत्तम कार्य मान्छौं , सोही अनुसार सहयोग हस्तान्तरण गरिएको हो,’ राष्ट्रिय अध्यक्ष खनालले भने । उनले आवश्यकताअनुसार देशैभर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

रजिष्ट्रार प्रसाईले जेसीजले कोभिड महामारीका बेलामा गरेको सहयोग अत्यन्तै महत्वपुर्ण भएको बताए । जेसीज मानवतावादी संस्था भएको भन्दै सिलण्डिरले बिरामीको ज्यान बचाउन महत्वपुर्ण सघाउ हुने विश्वास व्यक्त गरे ।

समारोहमा डा.रामचन्द्र सापकोटा, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल , राष्ट्रीय तालिम आयुक्त मनिष श्रेष्ठलगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्