तपाइंको चुलो बलेन ? लायन्स व्यास सिटीलाई सम्झनुस्

  • ख-
  • ख+

दमौलीः लामो समयको निषेधाज्ञाका कारण श्रमिक वर्गहरु विशेष मारमा परेका छन् । सबै काम बन्द भएका कारण धेरै यस्ता वर्गका व्यक्तिको जीविकामा अप्ठेरो पर्न थालेको छ ।


यस्तोमा निषेधाज्ञाका कारण छाक टार्न समस्या भोगिरहेका पीडित परिवारहरूलाई लक्षित गर्दै लायन्स क्लब अफ तनहुँ व्यास सिटीले फुड बैंक शुरु गरेको छ । २५८३औं बुद्धपूर्णिमाको अवसर पारेर स्थापित फुड बैंकले तत्काल काम थाल्ने क्लबका अध्यक्ष कुमार मल्लले जानकारी दिए ।


‘तपाईंको नजरमा कोही परिवारको चुल्यो बाल्न नसकेको पाएमा हामीलाई सम्पर्क गर्नुहोला,’ उनले भने ।क्लबले अभियानमा सघाउन चाहनेलाई पनि सहयोगका लागि अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी